Lite Nepal

शनिबार, कार्तिक ०१, २०८३

काठमाडौं । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् ।

श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ गरेको थियो।

कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएका थिए ।

ब्यूरोस्रोतका अनुसार दुईजनाबीच तीन घण्टा छलफल भएको छ । छलफलपछि मिलापत्र कागज गरेर श्रेष्ठलाई घर जान अनुमति दिइएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं