Lite Nepal

शनिबार, कार्तिक ०१, २०८३

काठमाडौं । भारतमा प्रदर्शनकारीमाथि दमन भएको आरोप लगाउँदै अमेरिकाका ६ डेमोक्रेटिक सांसदले विदेशमन्त्री मार्को रुबियोलाई भारतीय अधिकारीसँग यो विषय उठाउन आग्रह गरेका छन् ।

सांसदहरूले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग, अनुचित हिरासत र निगरानी भएको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिन तथा पक्राउ परेकाहरूको रिहाइ माग गरेका छन् । भारतको मतदाता नामावली पुनरीक्षण प्रक्रियाबाट १३ करोड नाम हटाइएको दाबीप्रति पनि उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
यसले वैध मतदाताको मताधिकार प्रभावित हुन सक्ने उनीहरूको भनाइ छ । भारतले भने अमेरिकी सांसदहरूको टिप्पणीलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप भन्दै आलोचना गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं