काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ ।
सभापति लामिछाने शुक्रबार (कात्तिक ६ ) गतेदेखि तीन दिनका लागि भारत प्रस्थान गर्ने सभापतिको निजी सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।

तीन दिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।