Lite Nepal

बुधबार, कार्तिक ११, २०८३

विराटनगर । विराटनगरका लालजी गुप्ताको हत्या आरोपीले आफूलाई चोरीको आरोप लगाएको रिसमा गुप्ताको हत्या गरेको स्वीकारेका छन् ।

विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका गुप्ताको हत्या आरोपमा प्रहरीले मंगलबार साँझ विराटनगर–६ का ३७ वर्षीय अब्जर मियालाई पक्राउ गरेको छ ।

मियाले चोरीको आरोप सहन नसकेर हत्या गरेको प्रहरी समक्ष बयान दिएको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए र सोही क्रममा दुवैले मदिरा सेवन गरेका थिए । मदिराको नशामा रहेका बेला मियाले सुरुमा बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेको र पछि रडले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

हत्या गरेपछि शवलार्ई बोरामा हालेर मियाले सिटी सफारीमा बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा पुर्याएर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

आइतबार बिहान स्थानीयवासीले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धान प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले गरिरहेको छ ।

घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न सुनसरी प्रहरीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका गुप्ता लामो समयदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका थिए । उनी विराटनगरमा एक्लै बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं