काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका फ्लाभियो बोल्सोनारो देश छोडेर अमेरिका भागेको दाबी गरिएको छ ।
ब्राजिलियन सञ्चारमाध्यमहरुले यस्तो दाबी गरेका हुन् । यसबारे उनका सचिवालयले पनि कुनै जवाफ नदिएको पनि समाचारमा उल्लेख छ ।

बोल्सोनारोले आफ्नो चुनावी हार स्वीकार गरेका छैनन् ।

उनले मतदान प्रक्रियामा धाँधली भएको आरोप लगाएका छन् ।
उनले निर्वाचन परिणाम खारेज गर्न तथा राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाको उम्मेदवारी अमान्य घोषित गर्न पनि माग गरेका छन् ।
फ्लाभियो बोल्सोनारो ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।
फ्लेभियो भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसँग सम्बन्धित दुई वटा मुद्दामा अनुसन्धानको दायरामा पनि छन् । उनले दुवै मुद्दा अस्वीकार गर्दै आएका छन् ।
यसैबीच, रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी लुइज इनासियो लुला दा सिल्भाको अप्रत्याशित जित धाँधलीको परिणाम जस्तो देखिएको बताएका छन् ।
कुनै प्रमाण नदिई ट्रम्पले पत्रकारहरूलाई भने, ‘मैले कसैको पक्ष लिइनँ, तर यो अर्को धाँधलीपूर्ण चुनावजस्तो देखिन्छ ।’
आइतबार ब्राजिलमा सम्पन्न चुनावमा बहालवाला राष्ट्रपति लुला विजयी भएका हुन् ।
लुला अब चौथो कार्यकालका लागि राष्ट्रपति बन्नेछन् ।
वामपन्थी नेता लुला ट्रम्पका प्रखर आलोचक पनि हुन् ।