Lite Nepal

बिहिबार, कार्तिक १२, २०८३

काठमाडौं । भोटेकोसी बाढी प्रभावितको पुनर्स्थापनाका लागि आवश्यक जग्गा पहिचानको काम सकिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले बताएका छन्। प्रभावितलाई सम्भव भएसम्म पुरानै बसोबास क्षेत्रनजिक पुनर्स्थापना गरिने उनले जानकारी दिए।

बिहीबार राष्ट्रियसभाको संसदीय विशेष समितिको बैठकमा बोल्दै सचिव भुजेलले पहिचान गरिएका जग्गामा बस्ती विकासको काम पूर्वाधार विकास मन्त्रालयले गर्ने बताए। पुनर्स्थापनाका लागि निजी जग्गा खरिद तथा अधिग्रहण सहज बनाउन कानुनी संशोधनबारे पनि छलफल भइरहेको उनले उल्लेख गरे।

उनका अनुसार भोटेकोसी बाढीबाट १६ सहकारी संस्था प्रभावित भएका छन्। ती संस्थाको पुनरुत्थानका लागि सहयोग जुटाउने प्रक्रिया अघि बढाइएको छ। साथै, भोटेकोसी र कालीगण्डकी करिडोर क्षेत्रमा भएको क्षतिको वडागत विवरण संसदीय समितिलाई उपलब्ध गराइने उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं