काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।
बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा अर्याल र रविबीच भेटवार्ता भएको हो ।

छलफलको विषय भने खुलाइएको छैन । सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बुधबार भेटवार्ता भएको थियो । त्यसको भोलिपल्टै लामिछानेले सभामुख भेटेका हुन् ।
