Lite Nepal

शनिबार, कार्तिक १४, २०८३

विराटनगर । नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभी सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म (८ घण्टा) मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाहरूको सम्पूर्ण भागहरू तथा मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्रहरूमा पूर्ण वा आंशिक रूपमा विद्युत आपूर्ति बन्द हुनेछ ।

केरौन सबस्टेसनको उपकरणहरू परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि दुहबी ग्रिड महाशाखा अन्तर्गत दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नं. ६८ तथा ६९ को बीचमा डेड इण्ड टावरदेखि टेक अफ ग्यान्ट्रीसम्म लुप–इन लुप–आउट गर्नुपर्ने भएकाले विद्युत आपूर्ति प्रभावित हुने भएको हो ।

अर्नब चक्रवातको प्रभावका कारण शनिबारको दिन काम सुरु हुन नसकेको वा आंशिक रूपमा मात्र काम गर्न सक्ने अवस्था सिर्जना भएको खण्डमा आइतबार बिहान ४ बजेदेखि १६ बजेसम्म तथा सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म समेत विद्युत आपूर्ति बन्द हुनसक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निर्धारित समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा त्यस अगावै सुचारु हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं