Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

विराटनगर । चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गर्न खोजेका एक व्यक्ति विराटनगरमा गेटमै अड्किएका छन्। विराटनगर महानगरपालिका–३ स्थित उपाय लजिस्टिक तथा कुरियर कम्पनीको कार्यालय रहेको घरको गेटमा आइतबार बिहान ती व्यक्ति अड्किएको अवस्थामा फेला परेका हुन्।

प्रहरीका अनुसार सुनसरीको दुहबीमा बसोबास गर्दै आएका र धनुषाको लक्ष्मीनियाँ घर भएका ती व्यक्ति लागुऔषधका दीर्घकालीन प्रयोगकर्ता हुन्। चोरीका घटनामा पटक–पटक संलग्न हुँदै आएका उनी लागुऔषधको नशामा चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गर्न खोज्दा गेटमा अड्किएको प्रहरीको भनाइ छ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार गेटमा अड्किएका व्यक्तिलाई प्रहरीले उद्धार गरेर जिल्ला प्रहरी कार्यालय ल्याएको थियो। उनको अवस्था हिरासतमा राख्न उपयुक्त नदेखिएपछि प्रहरीले उपचारका लागि कोशी अस्पताल पुर्‍याएको थियो।

प्रहरीका अनुसार परिवारको जिम्मा लगाएर उनलाई पठाइएको छ। लागुऔषध सेवनको लतका कारण पैसा अभाव भएपछि चोरीमा संलग्न हुने गरेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं