विराटनगर । सशस्त्र प्रहरी बलले मोरङबाट भन्सार छली ल्याइँदै गरेका लत्ताकपडा, किराना तथा कस्मेटिक सामान र ढुवानीमा प्रयोग भएको स्कुटरसहित १० लाख ८९ हजार ९३० रुपैयाँ बराबरका सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण मुख्यालय कंकालिनी, मोरङ तथा मातहतका युनिटबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती सामग्री नियन्त्रणमा लिइएको हो। सामान ढुवानीमा प्रयोग भएको स्कुटरसमेत बरामद गरिएको छ।

बरामद सामान र स्कुटर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। उल्लेखित मूल्यमा सामान र स्कुटर दुवैको मूल्य समावेश छ।