Lite Nepal

शुक्रबार, कार्तिक २०, २०८३

विराटनगर । आज तिहार अघिको अन्तिम कारोबार दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ६४ अंकले बढेर २,६५५ को विन्दुमा कायम भएको छ । आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ ।

दिनभरिमा ३३६ कम्पनीको १ करोड ७ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै श्वेत गंगाको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मीलसको ११ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै क्रेष्ट मायक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् ।

यस्तै बेनी हाइड्रोका लगानीकर्ताले ५ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनीले ३ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै घोराही सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ४३ प्रतिशतका दरले गुमाएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं