विराटनगर । सुनचाँदीको मूल्य आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुनको मूल्य यही कायम थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला तीन हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
