Lite Nepal

आइतबार, कार्तिक २२, २०८३

धनकुटा । धनकुटामा कौडा खेलेको आरोपमा १५ जना पक्राउ परेका छन् । पाख्रिबास नगरपालिका-४ स्थित गणेश गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १६ वटा कौडासहित नगद १६ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ ।

साथै पक्राउ परेका १५ जनाको साथबाट थप २ लाख ९६ हजार ८ सय रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट कुल ३ लाख १३ हजार ३ सय रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिए ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं