Lite Nepal

बुधबार, कार्तिक २५, २०८३

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जंगली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार जंगली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा–२ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जंगली हात्तीको बथान पसेको थियो । हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै कुल्चेर लक्ष्मीको ज्यान गएको रानीपुरका स्थानीय छलिलाल डगौंराले बताए ।

उनका अनुसार घरमा लक्ष्मी र उनका श्रीमान् मोहन डगौंरा सुतिरहेका बेला हात्तीको बथान आक्रमण गर्न पुगेको थियो । मोहन भागेर ज्यान जोगाउन सफल भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं