Lite Nepal

शनिबार, कार्तिक २८, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा कायम भएको छ।

त्यस्तै, युरोको बिक्रीदर १६७ रुपैयाँ १० पैसा, पाउन्ड स्टर्लिङको १९९ रुपैयाँ ९५ पैसा र स्वीस फ्र्याङ्कको १८० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

यसैगरी, कुवेती दिनारको बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनारको ४०० रुपैयाँ ६१ पैसा र ओमनी रियालको ३९२ रुपैयाँ ४३ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं