काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (शनिबार) एक खेल हुँदैछ ।
आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

एनपीएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आजको खेलले प्रतियोगिताको अंक तालिकामा पनि प्रभाव पार्नेछ ।