Lite Nepal

शनिबार, कार्तिक २८, २०८३

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१० मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन्। संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच जना सांसद सम्मेलनमा सहभागी हुन टर्की जान लागेका हुन्।

टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन, जलवायु वित्त, हानि तथा क्षतिका साथै स्वच्छ ऊर्जा संक्रमणलगायतका विश्वव्यापी मुद्दामा छलफल भइरहेको छ।

सम्मेलनमा नेपालले हिमाल तथा हिमनदी संरक्षण, जलवायु न्याय, अनुदानमा आधारित जलवायु वित्त र जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका विषयलाई प्राथमिकताका साथ उठाएको छ। समितिका सभापति चौधरीले सम्मेलनका क्रममा जलवायु परिवर्तनका चुनौती, संसदीय सहकार्य, क्षेत्रीय साझेदारी तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई प्रभावकारी नीतिगत कार्यान्वयनमा रूपान्तरण गर्ने विषयमा छलफल तथा सहभागिता जनाउनेछन्।

सभामुखस्तरीय निर्णयअनुसार सम्मेलनमा सहभागी हुने सांसदहरूमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी रहेका छन्। सभापति चौधरीका अनुसार सांसदहरूको टर्की भ्रमणबाट संघीय संसद् सचिवालयलाई कुनै आर्थिक भार पर्ने छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं