काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ७० हजार २०० कायम भएको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ७ सय रुपैयाँ रहेको चाँदी आज ३ हजार ६ सय रुपैयाँमा झरेको छ। शुक्रबारको तुलनामा चाँदी प्रतितोला १ सय रुपैयाँले सस्तिएको हो।

