Lite Nepal

सोमबार, कार्तिक ३०, २०८३

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा अवामी लिगका नेता तथा कार्यकर्ताले गरेको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनकारीले प्रहरीका गाडी, चौकी र सार्वजनिक संरचनामा तोडफोड तथा आगजनी गरेका छन्।

प्रदर्शनका क्रममा जुलाई स्मारक र विश्वविद्यालय परिसरको हादी चोकमा राखिएका नामपट्टिका तोडफोड गरिएका छन्। प्रदर्शनकारीले सडकमा टायर बालेर यातायातसमेत अवरुद्ध गरेका थिए।

घटनापछि सरकारले गोपालगञ्जका प्रहरी प्रमुख मोहम्मद हबीबुल्लाह र प्रमुख जिल्ला अधिकारी मोहम्मद आरिफ उज्जमानलाई सरुवा गरेको छ। जिल्लामा करिब १५० बीजीबी सुरक्षाकर्मीसहित सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसैबीच, भारतमा बस्दै आएकी हसिनाले डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेकी छन्। मानवताविरुद्धको अपराधमा सन् २०२५ नोभेम्बर १७ मा अनुपस्थितिमै मृत्युदण्ड सुनाइए पनि उनले फैसला अस्वीकार गर्दै कानुनी लडाइँ लड्ने बताएकी छन्।

बंगलादेश सरकारले हसिनालाई भारतबाट सुपुर्दगी गरी स्वदेश फर्काउन प्रक्रिया अघि बढाएको छ। भारतले भने यसबारे अन्तिम निर्णय सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं