Lite Nepal

सोमबार, कार्तिक ३०, २०८३

विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा प्रादेशिक अस्पताल तथा मेडिकल कलेज स्थापना गर्न माग गर्दै स्थानीय बासिन्दाले आमरण अनशन सुरु गर्ने भएका छन्।

अस्पताल तथा मेडिकल कलेज स्थापनाका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको १६७ रोपनी जग्गा सरकारले ओगटे पनि हालसम्म निर्माण प्रक्रिया अघि नबढाएको भन्दै स्थानीयले आन्दोलन गर्न लागेका हुन्।

यस विषयमा पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि आमरण अनशन बस्ने निर्णय गरिएको अर्जुन गौतमले जानकारी दिए। उनका अनुसार सोमबारदेखि आमरण अनशन सुरु गरिनेछ। अनशन सुरु गर्नुअघि आन्दोलनको कारण र माग सार्वजनिक गर्न सोमबार दिउँसो ३ बजे विराटनगरस्थित कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

स्थानीयले अस्पताल तथा मेडिकल कलेज स्थापनाका लागि उपलब्ध गराइएको जग्गाको उपयोग गरी पूर्वाधार निर्माणको काम तत्काल अघि बढाउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं