Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा दुई हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ ।

जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा दुई हजार २८२ किलोग्राम ३१ ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक लभकुमार सापकोटाले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उक्त परिमाणको गाँजा बरामद भएको उनले बताए ।

सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनमा १० किलोग्राम, भदौमा एक हजार ६०१ किलोग्राम ९६ ग्राम, असोजमा ६३७ किलोग्राम ३ ग्राम र कात्तिक महिनामा ३३ किलोग्राम ५ ग्राम गाँजा बरामद भएको हो ।

यस अवधिमा गाँजा कारोबारमा प्रयोग भएका ९ वटा मोटरसाइकल तथा एउटा एम्बुलेन्ससहित ३ वटा चारपाङ्ग्रे सवारीसाधनसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं