Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेट अन्तर्गत आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टोलीबीच दोस्रो क्वालिफायर यात्राका लागि आमने-सामने हुनेछन् ।

यी दुई टोलीबीचको विजेताले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्ससँग फाइनल यात्राका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ । हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधि रक्षाका लागि लुम्बिनी लायन्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर पुग्ने यी दुई टोलीमा काठमान्डु गोर्खाज अंक तालिकाको तेस्रो स्थानमा छ भने चितवन राइनोज चौथो स्थानमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं