विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका ढकाल र डाँगीले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । उनीहरूको विवाह आगामी मंसिर १० गते हुने तय भएको छ ।
विराटनगर–३, दूधफारमस्थित ढकालको निवासमा विवाहको तयारी सुरु भइसकेको छ । डाँगी रास्वपाकी नेतृ हुन् । उनी २०७९ सालको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । त्यस्तै, २०८२ सालको निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

