Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

विराटनगर । धरानको बराह सहकारीको रकम हिनामिना प्रकरणमा शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गुरुङका अनुसार सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको आरोप छ ।

उनले विश्वकर्मालाई उक्त प्रकरणका मुख्य योजनाकार भएको दाबी गर्दै अन्य संलग्न व्यक्तिको खोजी र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताएका छन् ।

गृहमन्त्री गुरुङले छ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्दा सहकारीका बचतकर्ताको समस्या सुनेको उल्लेख गरेका छन् ।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै यस प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिको खोजी तीव्र पारिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं