Lite Nepal

शुक्रबार, मंसिर ०४, २०८३

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अक्वान’ भारतको पूर्वी तटतर्फ अघि बढेपछि भारतीय अधिकारीहरूले विपद् व्यवस्थापनको तयारी तिब्र पारेका छन् ।

भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । यो शुक्रबार मध्याह्नसम्म भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ । चक्रवात आन्ध्र प्रदेशको नरसापुर र ओडिशाको पुरीबीचको तटीय क्षेत्रमा प्रवेश गर्ने पूर्वानुमान गरिएको छ ।

यसका कारण प्रतिघण्टा ९० देखि १०० किलोमिटरको गतिमा हावा चल्ने र हावाको गति प्रतिघण्टा ११० किलोमिटरसम्म पुग्न सक्ने विभागले जनाएको छ । मौसम विभागले शुक्रबारसम्म दक्षिणपश्चिम, पश्चिम–मध्य र उत्तरपश्चिम बंगालको खाडी क्षेत्रमा माछा मार्न नजान माछा मार्नेहरूलाई आग्रह गरेको छ ।

चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ओडिशामा ७४ वटा उद्धार टोली परिचालन गरिएको छ । साथै, सम्भावित जोखिमबाट बचाउन दुई लाखभन्दा बढी मानिसको पहिचान गरी स्थानान्तरणको तयारी गरिएको छ । ओडिशाको मलकानगिरी जिल्लामा नोभेम्बर १९ र २० गते विद्यालय, कलेज तथा एकीकृत बाल विकास सेवा कार्यक्रमअन्तर्गत सञ्चालित आँगनवाडी केन्द्रहरू बन्द गरिने भएको छ ।

छिमेकी राज्य आन्ध्र प्रदेशमा माछा मार्ने गतिविधि स्थगित गरिएको छ । त्यहाँ राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का १३ टोली र राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ)का ११ टोलीलाई तयारी अवस्थामा राखिएको छ । सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न दुवै राज्यका प्रशासनले उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनका तयारीलाई तिब्र बनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं