काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
मलेसिया श्रमिक प्रकरणमा पक्राउ पुर्जी जारी भएका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले शुक्रबार बिहान पक्राउ गरेको हो ।

सीआईबी स्रोतका अनुसार अर्याल पक्राउ परेको विषयमा प्रहरीले शुक्रबार दिउँसोसम्म औपचारिक जानकारी गराउने तयारी गरेको छ ।
