Lite Nepal

आइतबार, मंसिर ०६, २०८३

विराटनगर । निर्माण व्यवसायी संघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन् ।

नवौं अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा चयन गरेको हो । बुढाथोकीले २७२ मत प्राप्त गरेका थिए भने उनका निकटत प्रतिष्पर्धी कमलप्रसाद गौतमले १३२ मत पाए। अध्यक्षमा निर्वाचित बुढाथोकी निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा भने रमेश कार्की निर्वाचित भएका छन् । उनले २४० मत प्राप्त गरे भने द्धितिय उपाध्यक्षमा निर्वाचित चन्द्र सापकोटा २३३ मत ल्याएर । तृतीय उपाध्यक्षमा मिलनकुमार बस्नेत निर्वाचित भएका छन् । उनले २६२ मत प्राप्त गरे। यस्तै महासचिवमा सन्तोषकुमार बस्नेत २८७ मत ल्याएर निर्वाचित भएका छन् ।

संघको नीतिगत उपमहासचिवमा लिलाप्रसाद गुरागाई २४४ मत र आन्तरिक उपमहासचिवमा चन्द्र पाठक २४० मत ल्याएर निर्वाचित भए । कोषाध्यक्षमा किशोर भट्टराई २४३ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्माण व्यवसायी संघ कोशीको १६ औं साधारणसभा तथा ९औं अधिवेशन शुक्रबारबाट विराटनगरमा सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं