Lite Nepal

सोमबार, मंसिर ०७, २०८३

काठमाडौं । इण्डोनेसियाको बान्टेन प्रान्तस्थित एक क्यान्डी उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी करिव ५० जना बेपत्ता भएका छन् ।

आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । शनिवार राति सेराङ रिजेन्सीस्थित कारखानामा आगलागी भएको थियो ।

घटनास्थलबाट सातवटा शव राखिएका झोला फेला परेको प्रहरीले जनाएको छ । ती शवलाई पहिचानका लागि अस्पताल पठाइएको छ ।

आगलागी हुँदा कारखानामा करिव ३०० जना उपस्थित रहेको बताइएको छ । आगोको तीव्रताका कारण मृतकका शवहरू चिन्न नसकिने अवस्थामा पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिएका छन् ।

त्यसैले मृतकको पहिचान गर्न दृश्य परीक्षण सम्भव नभएको जनाइएको छ । प्रहरीकाअनुसार आगलागीबाट क्षतिग्रस्त भवनका केही भाग भत्किन सक्ने जोखिम रहेकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं