Lite Nepal

सोमबार, मंसिर ०७, २०८३

काठमाडौं । भारत सरकारले नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग दिने भएको छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको हो ।

यसैगरी प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँग आयात र निर्यातका लागि उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच पनि पाउने भएको छ । आर्थिक घोषणमा कति सहुलियतपूर्ण ऋण र कति अनुदानको हिस्सा रहने भन्ने कुरा खुलाइएको छैन ।

नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग दिन अनुरोध गरेको थियो । १ खर्ब भारु ऋण र १ खर्ब अनुदान दिन नेपालको अनुरोध थियो । भारतले नेपालले अनुरोध गरेअनुरुप नै सहयोग घोषणा गरेको हो ।

१ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा लगाउने प्रस्ताव नेपालको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे बनाउन थप ५० अर्ब भारु सहयोग नेपालले मागेको थियो । तर कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।

भारतले नेपालका लागि हालसम्म चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ । नेपालले दुई वर्षअघि २०८१ मा ९० करोड डलर लाइन अफ क्रेडिट रद्द गरेको थियो ।

यस्तै शाहको भारत भ्रमणका क्रममा नेपालले तेस्रो मुलुकसँग आयात र निर्यातका लागि उडिसाको पारादीप र गुजरातको कान्डला बन्दरगाहको पहुँच दिने भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीचको प्रतिनिधिमण्डलस्तीय वार्तापछि भएको संयुक्त पत्रकार सम्मेनलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका छन् ।

नेपालले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न मागेको थियो । यसअघि यी दुई देशबीच ती दुई बन्दरगाह प्रयोगको सहमति २०१९ मै भएको थियो । तर यसपटक ती दुई बन्दरगाहको अनुमति दिने विषयमा सहमति भएको चर्चा चलेको थियो । तर दुई देशबीच उही राज्यका फरक बन्दरगाह प्रयोगको अनुमति दिने सहमति भएको हो ।

नेपालले हाल भारतको कोलकाता, हल्दिया र विशाखापट्नम बन्दरगाह प्रयोग गर्दै आएको छ । पश्चिम बंगालका कोलकाता र हल्दिया बन्दरगाहलाई नेपालले एउटै बन्दरगाहका रुपमा लिने गरेको छ । नेपालले उपयोग गरेकाबाहेक अन्य बन्दरगाहको प्रयोग गर्न पाउने गरी लामो समयदेखि अनुमति मागिरहेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं