Lite Nepal

मंगलबार, मंसिर ०८, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सांसद मनिष झाले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको काम रोकिँदा मधेसमा आक्रोश बढ्न सक्ने चेतावनी दिएका छन् । उनले आयोजना अलपत्र पार्नुको सट्टा समयमै सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले सुनकोसी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाको कृषि तथा सिँचाइसँग जोडिएको महत्त्वपूर्ण आयोजना भएको बताए ।

उनका अनुसार करिब ६ वर्षअघि सुरु भएको यस आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भाग गरी करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ । साथै, आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।

१३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु सन् २०२४ को मे महिनामै भइसके पनि बाँधलगायत अन्य संरचना निर्माणको काम अघि बढ्न नसकेको भन्दै झाले आयोजनाको प्रगति रोकिनुको कारणबारे सरकारसँग जवाफ माग गरे ।

उनले भने, ‘यो नबढ्नुको कारण के हो, बदमासी के देखियो र आगामी वे फरवार्ड के हो रु यी तीनवटा कुरामा थप क्ल्यारिटी चाहिएको छ ।’ झाले आयोजना रद्द गरिए मधेसमा आन्दोलनको अवस्था सिर्जना हुन सक्ने बताए । मधेसको प्रमुख आर्थिक आधार कृषि भएकाले सिँचाइ आयोजनालाई अनिश्चिततामा राख्न नहुने उनको भनाइ थियो ।

‘मधेससँग देखाउनलाई न हिमाल छ, न हामीसँग हाइड्रो उत्पादन गर्न स्रोत छ । भएकै एउटा खेती हो, त्यसमा पनि तपाईंहरू यस्तो अल्झाएर राख्नुहुन्छ,’उनले भने, ‘यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै पाटो हुँदैन ‘

सुनकोसीको पानी मरिण हुँदै मधेसका खेतीयोग्य जमिनमा पुर्‍याउने उद्देश्यले अघि बढाइएको यस आयोजनाले सिँचाइ सुविधा विस्तार गर्नुका साथै मधेसमा बढ्दो पानीको अभाव र मरुभूमीकरणको जोखिम न्यूनीकरणमा समेत योगदान पुर्‍याउने झाले बताए ।

उनले आयोजनाको वर्तमान अवस्था, काम रोकिनुको कारण र बाँकी काम सम्पन्न गर्ने समयसीमासहितको स्पष्ट कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं