Lite Nepal

शुक्रबार, मंसिर ११, २०८३

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय समाचारकक्षका अनुसार काठमाडौँ, कैलाली, झापा, बारा, चितवन, बर्दिया, दाङ, गुल्मी र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन् ।

काठमाडौँबाट भारतका ३२ वर्षीय शिवकुमार चौहान, कैलालीबाट २७ वर्षीय अजय चौधरी, झापाबाट २७ वर्षीय रितेश राई र अनिल राई तथा बाराबाट ३१ वर्षीय विनय महतो र ३० वर्षीय सहजाद शेख पक्राउ परेका हुन् ।

यसैगरी, चितवनबाट २२ वर्षीय विशाल घिसिङ, २६ वर्षीया अञ्जु रिजाल र २५ वर्षीय सुमेश गान्धारी, बर्दियाबाट ३२ वर्षीय रमेश चौधरी, दाङबाट २४ वर्षीय धनबहादुर खत्री, गुल्मीबाट सुन्तला सर्किनी तथा सुर्खेतबाट ३२ वर्षीय दीपक झा पक्राउ परेका छन् ।

चितवन, बर्दिया र दाङका घटनामा पक्राउ परेका अन्य व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । उनीहरूबाट गाँजा, खैरो हेरोइन र ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं