Lite Nepal

शुक्रबार, मंसिर ११, २०८३

विराटनगर । कोशी नदीमा भएको जेठबोट दुर्घटनाबारे गठित छानबिन समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको थियो ।

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा २०८३ कात्तिक ५ गते बराह त्रिवेणी जलयातायात प्रा.लि.को नाममा सञ्चालित यात्रुवाहक ओबीएम जेटबोट दुर्घटना भएपछि सरकारले घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरेको थियो ।

समितिले दुर्घटनास्थलको स्थलगत अध्ययन, सरोकारवालासँग छलफल तथा प्राप्त कागजात र प्रमाणहरूको अध्ययन एवं विश्लेषण गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।

प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र कारण, पानीबोटको प्राविधिक तथा सञ्चालन अवस्था, सम्बन्धित निकायहरूको भूमिका, उद्धार तथा राहत व्यवस्थापनलगायतका विषय समेटिएका छन् ।

त्यसैगरी, आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपाय र सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको छ । समितिले प्रतिवेदनमार्फत प्रस्तुत गरेका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक निर्णय र निर्देशन दिन सरकारसमक्ष अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं