Lite Nepal

आइतबार, पुष १३, २०८२

उदयपुर । शीतलहरूसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आसपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् ।

त्रियुगाको जोगीदह, मोथ्याई, बगाहा, गाईघाट, लक्ष्मीपुर क्षेत्रका वृद्ध वृद्धा बालबालिका समस्यामा परेका लक्ष्मीपुरका स्थानीयवासी देवलाल चौधरीले बताए । जोगीदह हाड खोलाका कृष्णदेव चौधरी भन्छन्, “तीन दिनदेखि लगातार शीतलहर चलिरहेको छ, गाउँघरका बूढापाका सबै घर बाहिर निस्कन सकेका छैनन्, घरमै घुर तापेर बस्नु परेको छ ।”

उनका अनुसार चिसो बढेका कारण आफूहरू पनि खेतबारी, वनजंगल घाँस दाउरा गर्नसमेत नसकिएको कारण गाईबस्तुलाई घाँस समस्या परेको छ । चिसोको कारण विद्यालय जाने साना नानीहरू विद्यालय जान नसकेका मोथ्याईका रामकृष्ण राजधामीले बताए ।

सत्यदेवी मावि भुल्केका शिक्षिका सम्झना आचार्यका अनुसार चिसो बढेसँगै विद्यालयमा कक्षा ५ भन्दा मुनिका नानीहरूको उपस्थिति न्यून हुँदै गएको छ । यस्तै चिसोको कारण साना कक्षा १ २, ३ मा अध्ययनरत बालबालिका विद्यालय उपस्थित हुन छाडेका कारण साना कक्षामा विद्यार्थी उपस्थिति हुन छाडेको जनता आधारभूत विद्यालय असारीका शिक्षक कृष्ण दनुवारले बताए ।

चिसोको कारण मानिसको आवत जावतमा कमी भएको छ भने जंगल घाँस दाउरा जाने कार्य पनि प्रभावित भएको छ । घामसमेत देख्न नपाइएको त्रियुगा नगरपालिका-२ खैजनपुरका स्थानीय रमेश कार्कीले गुनासो गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा