ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङ पुगेका छन् ।
नेकपा एमालेको ११औं महाधिवेशमा उपमहासचिव पदमा निर्वाचित भएपछि उनी शुक्रबार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला पुगेका हुन् ।
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फको नाम सिफारिस गर्न शनिबार नेकपा एमाले जिल्ला कमिटीको बैठक बस्ने भएकाले उक्त बैठकमा पनि उनी उपस्थित हुनेछन् ।
उपमहासचिव भट्टराईले ताप्लेजुङमा रहँदा पार्टी कार्यकर्ता र जिल्लाका नागरिकसँग अनौपचारिक भेटभाट गर्ने उनको सचिवालयले जनाएको छ ।

