Lite Nepal

शुक्रबार, पुष १८, २०८२

ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई गृह जिल्ला ताप्लेजुङ पुगेका छन् ।

नेकपा एमालेको ११औं महाधिवेशमा उपमहासचिव पदमा निर्वाचित भएपछि उनी शुक्रबार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला पुगेका हुन् ।

फागुन २१ मा हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष तर्फको नाम सिफारिस गर्न शनिबार नेकपा एमाले जिल्ला कमिटीको बैठक बस्ने भएकाले उक्त बैठकमा पनि उनी उपस्थित हुनेछन् ।

उपमहासचिव भट्टराईले ताप्लेजुङमा रहँदा पार्टी कार्यकर्ता र जिल्लाका नागरिकसँग अनौपचारिक भेटभाट गर्ने उनको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं