Lite Nepal

सोमबार, पुष २१, २०८२

भक्तपुर । नेकपा (एमाले) का सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो।

नेता बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी झिनो मतले पराजित भएका थिए ।

यसअघि उम्मेदवारीको दाबेदारी गर्दै आएका नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठले नाम फिर्ता लिएपछि बस्नेतको एकल नाम तय भएको हो। उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गरेकोमा बस्नेतले दुवै नेतालाई धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा