Lite Nepal

शनिबार, पुष २६, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ शक्तिहरूसँग एकता हुन खोज्दाखोज्दै पनि जबरजस्ती बाहिर राखिएको बताएका छन् ।

शनिवार बसेको केन्द्रीय कार्यालयको बैठक सकेपछि पत्रकार सम्मेलनमा घिसिङले नयाँ शक्तिहरूलाई एकताबद्ध हुनबाट बाहिर राखिएको बताएका हुन् ।

नयाँ राजनीतिक शक्तिहरू रास्वपासँग एकताबद्ध भएर जान खोजेको तर पुस १४ मा गरिएको सहमति एकतर्फी भंग गरेर बाहिर राखिएकोसमेत बताएका छन् । ‘हामी एकता हुन खोज्दाखोज्दै पनि हामीलाई जबरजस्ती बाहिर राखियो । यस्तो अवस्थामा हामी एक्लै पनि अगाडि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ घिसिङले भने, ‘नेपाली जनताको माग, चाहना, हाम्रो त्यागलाई कमजोरीको रूपमा लिनुभयो र यो सहमति भंग गर्नुभयो । यो अवस्था आउँछ भनेर लागेको थिएन । यो १२ दिन ठुलो बिलखबन्द र अन्योलमा भएको परिस्थिति रह्यो ।’

अब देशभरि पार्टीले अभियान चलाउने र १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घिसिङले घोषणा गरे । नयाँ राजनीतिक शक्तिसँग मिलेर अगाडि बढ्न पनि आफू तयार रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं