काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ ।
भृकुटीमण्डप केही बेर अगाडि मात्रै नाम दर्ता सुरु गर्ने तयारी भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ ।
नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ ।
