Lite Nepal

आइतबार, पुष २७, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पृथ्वीनारायण शाहका दिब्यपदेशको स्मरण गर्दै मदन भण्डारी र बिपी कोइरालाले स्थापित गरेको सैद्धान्तिक मार्ग निर्देशनमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन् । 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औं जन्म जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उपमहासचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो सन्देश दिएका हुन् । 

उनले नेपाल राष्ट्र र यहाँको सामाजिक विविधतालाई नेपाली राष्ट्रियताको वरिपरि भावनात्मक रूपले एकताबद्ध गर्नु पर्ने ऐतिहासिक कार्यभार रहेको पनि उल्लेख गरेका छन् । 

‘नेपाल राष्ट्रको एकीकरण पश्चात् आज देश सबैभन्दा सङ्कट र कठिन मोडमा उभिएको छ । यति बेला हिमाल, पहाड, तराईसहित सबै जाती, जनजाति, भाषा, भाषी तथा धर्म र संस्कृतिका बिचमा अभूतपूर्व एकता र सद्भावको खाँचो छ,’ उनले लेखेका छन् । 
 
उपमहासचिव भट्टराई थप्छन्, ‘नेपाल राष्ट्र र यहाँको सामाजिक विविधतालाई नेपाली राष्ट्रियताको वरिपरि भावनात्मक रूपले एकताबद्ध गर्नु पर्ने ऐतिहासिक कार्यभार रहेको छ । पृथ्वीनारायण शाहका दिब्यपदेशको स्मरण गर्दै मदन भण्डारी र बिपी कोइरालाले स्थापित गरेको सैद्धान्तिक मार्ग निर्देशनमा, लोकतान्त्रिक व्यवस्थाका मूल्यमा आधारित भएर आजको सङ्कटको समाधानका लागि अघि बढ्न सबैमा अपिल गर्दछु ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं