Lite Nepal

सोमबार, पुष २८, २०८२

काठमाडौं । नेकपा एमालेको युवा केन्द्रित अभियान देश भरी ‘फिजिटल्ली’ अघि बढ्ने भएको छ । अभियानका संयोजक क्षितिज थेबेको अध्यक्षमा सोमबार बसेको बैठकले युवा शक्तिलाई एकीकृत गर्दै देशव्यापी रूपमा सशक्त ढंगले लैजाने कार्ययोजना निर्माण गरेको सहसंयोजक समिक बडालले बताए ।

‘संगठित युवा, सचेत अभियान’ भन्ने नारासहित चुनावी परिचालन गरिने उनले बताए । अभियानका संयोजक थेबेले युवालाई फिजिकल्ली र डिजिटल्ली एकीकृत गर्दै एमालेको अभियानमा सामेल गराउन फिजिटल्ली अभियान भनिएको बताए । बैठकमा महासचिव शंकर पोखरेललगायतका नेताले निर्देशन दिएका थिए ।

महाधिवेशनबाटै ४२ प्रतिशतभन्दा बढी युवालाई केन्द्रीय सदस्य बनाउने एमाले पहिलो पार्टी भएको भन्दै नेताहरूले अब चुनावी अभियान र पार्टी निर्माणमा सचेत ढंगले युवा संगठित गर्न निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं