Lite Nepal

बुधबार, पुष ३०, २०८२

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीबाट निष्कासनमा परेका नेता गगन थापाले काँग्रेस प्राइभेट कम्पनी नभएकाले कसैले कसैलाई निकाल्न नसक्ने बताएका छन् ।

विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले विशेष २४८८ महाधिवेशन प्रतिनिधिले गरेको निर्णय नै अब आधिकारिक काँग्रेस हुने बताए ।

देशभरका नेता कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्दै थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिक मान्यता विशेष महाधिवेशनलाई नै दिने प्रष्ट पारे ।

उनले भने, ‘म यो मञ्चबाट विश्वास र भरोसा दिलाउन चाहन्छु, संविधान कानून र पार्टीको विश्वासको आधारमा म भन्छु कि यो विशेष महाधिवेशनले जे निर्णय गर्छ निर्वाचन आयोगले त्यसलाई नै मान्छ । रुख चिह्नको कुरै छैन, सिंगो काँग्रेस नै यहाँ छ भने चिह्न र झण्डाको चिन्ता किन गर्ने ?

थापाले अब निर्वाचन प्रक्रिया अघि बढेकाले सकेसम्म सर्वसम्मत कार्य समिति चयन गर्न सघाउन आग्रह पनि गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं