Lite Nepal

बिहिबार, माघ ०१, २०८२

काठमाडौं । विशेष महाधिवेशनबाट चुनिएका नेपाली काँग्रेस सभापति गगन कुमार थापाले नयाँ नेतृत्वको अभिलेख निर्वाचन आयोगले अद्यावधिक गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन्।

बिहीबार नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ गतेको समय सीमालाई पनि ख्याल गरी चाँडो निर्णय गरिदिन पनि आग्रह गरेको बताए। ‘नेपाली काँग्रेसले विशेष महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको अवस्था छ। यसबारे निर्वाचन आयोगमा लिखित र मौखिक रूपमा अद्यावधिकका लागि बुझाएका छौँ, ‘उनले भने,’निर्वाचन आयोगले चाँडोभन्दा चाँडो काँग्रेसको विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्छ भन्ने कुरामा पूर्ण विश्वस्त छु।’

उनले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विवरण अद्यावधिक गराउनका लागि तथ्य, प्रमाण र आवश्यक कागजात बुझाएको बताए। उनले विशेष महाधिवेशन सुरु भइसकेपछि पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्य समिति भंग भएको जानकारी समयमै निर्वाचन आयोगलाई गराइसकेको जिकिर गरे।

बिहीबार बसेको नयाँ कार्यसमितिको बैठकपछि सभापति थापा नेतृत्वको पदाधिकारीहरू विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको अद्यावधिकका लागि निर्वाचन आयोग पुगेका छन्। सभापति थापासँगै उपसभापति विश्व प्रकाश शर्मा पनि छन्।

थापा नेतृत्वमा काँग्रेसले पुस २७ गतेदेखि ३० गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन गरेको थियो। विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं