काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । अरु मन्त्रीहरूले चुनावी मैदानमा उत्रिन राजीनामा दिएका बेला उनले भने आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका हुन् ।
शिक्षामन्त्री पुनको राजीनामाबारे अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । अर्थमन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!’
पुनले राजीनामाबारे प्रधानमन्त्री सुशीला कार्कीलाई मौखिक जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले पनि बताए ।
यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
