Lite Nepal

शनिबार, फाल्गुण ०२, २०८२

विराटनगर । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफ्ना क्षेत्रका मतदातालाई भिडियो सन्देश पठाएका छन् ।

निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले शनिबार भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताए ।

‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उनले भने, ‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिने नै छु ।’

नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताए । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचनमा उम्मेदवार छन् ।

उनलाई पराजित गर्ने गरी विनोद ढकाल मैदानमा उत्रिएका छन् । नेकपा एमालेभित्र आफ्ना आवाजहरुलाई बुलन्द पार्ने नेताको रुपमा चिनिएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा