विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महाशिवरात्रि पर्व हिन्दु धर्मावलम्बीहरूको महान पर्व मात्र नभई सत्य, संयम, सहिष्णुता र सकारात्मक ऊर्जाको पर्व भएको बताएका छन् ।
महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भगवान शिवको उपासना, तप, त्याग, करुणा र सहअस्तित्वको सन्देशले समाजमा सद्भाव, सहकार्य र आध्यात्मिक चेतना अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
सन्देशमा मौलिक परम्परा र चाडपर्वहरूले समाजलाई सांस्कृतिक रूपमा समृद्ध बनाउनुका साथै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरिएको छ । प्रदेश सरकारले २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरी मौलिक पर्व र राष्ट्रिय उत्सवहरूको संरक्षण र प्रवद्र्धनमा जोड दिएको उनले उल्लेख गरे ।
प्रदेश सरकारले स्थापना कालदेखि नै सबै धर्म, संस्कृति र मौलिक पर्वहरूको संरक्षण र संवद्र्धनमा क्रियाशील रहेको तथा विविधतायुक्त समाजका परम्परा र संस्कृतिलाई सम्मान गर्दै अघि बढिरहेको सन्देशमा उल्लेख छ ।
त्यसैगरी मुख्यमन्त्री कार्कीले महाशिवरात्रिकै अवसरमा पर्ने नेपाली सेना दिवसको पनि शुभकामना व्यक्त गरेका छन् । नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्ता जोगाउन नेपाली सेनाले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि विकास र राष्ट्र निर्माणमा नेपाली सेनाले गरिरहेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।
सन्देशमा राष्ट्र र जनताको सेवामा सधैं अग्रपङ्क्तिमा उभिने नेपाली सेनाको त्याग, समर्पण र अनुशासन सबैका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरिएको छ ।
