Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

झापा । अर्जुनधारा २ खुदुनाबारीस्थित एक गाउँमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।

सामान्य घरायसी विवादमा अर्जुनधारा २ को चौरासे भन्ने स्थानमा स्थानीय राजेन्द्र अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी शनिश्चरेका अनुसार हतियार प्रहारबाट श्रीमती लक्ष्मीको हातमा गहिरो चोट लागेको छ भने घाँटीको पछाडिको भागमा पनि चोट पुगेको छ ।

सोमबार बिहान घर नजिकै रहेको बारीमा घाँस काटिरहेको अवस्थामा राजेन्द्रले श्रीमतीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरी नायव निरीक्षक सूर्यबहादुर बस्नेतले जानकारी दिए ।

घरायसी झगडामा हतियार प्रहार गरेका श्रीमान तत्काल जंगलतर्फ भागेकाले गाउँलेको सहयोगमा खोजी गरे पनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ ।

घाइते लक्ष्मीको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं