Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

झापा । अर्जुनधारा २ खुदुनाबारीस्थित एक गाउँमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् ।

सामान्य घरायसी विवादमा अर्जुनधारा २ को चौरासे भन्ने स्थानमा स्थानीय राजेन्द्र अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी शनिश्चरेका अनुसार हतियार प्रहारबाट श्रीमती लक्ष्मीको हातमा गहिरो चोट लागेको छ भने घाँटीको पछाडिको भागमा पनि चोट पुगेको छ ।

सोमबार बिहान घर नजिकै रहेको बारीमा घाँस काटिरहेको अवस्थामा राजेन्द्रले श्रीमतीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको प्रहरी नायव निरीक्षक सूर्यबहादुर बस्नेतले जानकारी दिए ।

घरायसी झगडामा हतियार प्रहार गरेका श्रीमान तत्काल जंगलतर्फ भागेकाले गाउँलेको सहयोगमा खोजी गरे पनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ ।

घाइते लक्ष्मीको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा