मोरङ । आगामी निर्वाचनको सुरक्षा सुनिश्चित गर्दै नेपाली सेनाले मोरङको रतिवामाई क्षेत्रमा पेट्रोलिङ सुरु गरेको छ।
शिवदल गण थलाहाबाट खटिएका टोलीहरुले मतदान केन्द्र वरिपरिको क्षेत्रमा सक्रिय निगरानी राख्दै मतदातालाई सुरक्षित वातावरणको प्रत्याभूति दिएका छन्।
शिवदल गण थलाहाका गणपति प्रमुख सेनानी अनिल बस्नेतका अनुसार मतदातालाई सुरक्षित निर्वाचन सुनिश्चित गर्न पेट्रोलिङ सुरु गरिएको हो । उनले भने”सबैले निःशङ्कल मतदान गर्न सकुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो।”
स्थानीय प्रशासनसँग समन्वय गर्दै नेपाली सेनाले मतदान क्षेत्रको सुरक्षामा ध्यान केन्द्रित गरेका छन्।
स्थानीय बासिन्दा र मतदाताहरूले सेनाको सक्रिय उपस्थितिलाई स्वागत गर्दै सुरक्षित र शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति पाएर राहतको अनुभूति व्यक्त गरेका छन्।
