Lite Nepal

मंगलबार, फाल्गुण १९, २०८२

काठमाडौं । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यही फागुन १८ गते राति १२:०० बजेपश्चात् सुरु भएको मौन अवधिमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पालना गर्न दलका उम्मेदवार, भ्रातृ संगठनलगायत सम्बन्धित सबैलाई आग्रह गरिएको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित, मितव्ययी र पारदर्शी बनाउन र आचारसंहिताविपरीत गतिविधि नगर्न अनुरोध गरिएको निर्वाचन आचारसंहित अनुगमन अधिकृत एवं जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए ।

सो अवधिमा निर्वाचन प्रचासप्रसारलगायत सभा, सम्मेलन, गोष्ठी, अन्तक्र्रिया, कार्यशाला नगर्न, मतदान हुने दिनको ४८ घण्टा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दलका उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया एवं माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुनेलगायत सात बुँदे आचारण पालन गर्न आग्रह गरिएको निर्वाचन अनुगमन अधिकृत कार्कीले बताए । उनका अनुसार निर्वाचन प्रसारप्रसारमा अवाञ्छित गतिविधि भएको पाइएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं