विराटनगर । आगामी निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाली सेनाले धादिङलगायत नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा हवाई गस्ती सुरु गरेको छ।
सुरक्षा संवेदनशील तथा अतिसंवेदनशील क्षेत्रलाई मध्यनजर गर्दै हेलिकप्टरमार्फत निगरानी बढाइएको जनाइएको छ।
भौगोलिक विकटता र दुर्गम बस्ती रहेका कारण धादिङको रुबी भ्याली गाउँपालिका तथा गंगाजमुना गाउँपालिकाका दुर्गम इलाकामा पैदल गस्तीका साथै हवाई गस्तीसमेत परिचालन गरिएको भैरव दल गण धादिङ गजुरिका गणपति प्रमुख सेनानी असीम श्रेष्ठले जानकारी दिए।
उनको अनुसार नुवाकोट र रसुवाका दुर्गम तथा सीमावर्ती क्षेत्रमा पनि आवश्यकता अनुसार हवाई तथा स्थलगत गस्ती तीव्र पारिएको छ। निर्वाचन अवधिभर सुरक्षा अवस्थालाई सुदृढ र शान्तिपूर्ण वातावरण कायम राख्न सेना उच्च सतर्कतामा रहेको बताइएको छ।
