Lite Nepal

शनिबार, फाल्गुण २३, २०८२

चितवन । चितवन-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृ सोविता गौतमले बालेन्द्र शाह(बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् ।

निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुराकानी गर्दै नेतृ गौतमले चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने बताएकी हुन् ।

रास्वपाका पक्षमा नेपाली जनताले गरेको विश्वासलाई नतिजा दिनेगरी काममा रूपान्तरण गर्ने उनले प्रतिबद्धता जनाइन् । ‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,’ नेतृ गौतमले भनिन्, ‘यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।’

गौतमले ५९ हजार २७७ मत ल्याएर निर्वाचनमा जित हात पारेकी हुन् । यो अहिसम्मकै सर्वाधिक मतको जित हो । गौतमकी निकतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याइन् ।

गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६६२ रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं